तह १)
- भीडबाट बच्ने
- अति आवश्यक नभएसम्म भीडभाडमा नजाने, अति नै जरुरी नभएसम्म जन्मदिन र चाडबाडका भेटघाटजस्ता जमघटहरुको आयोजना नै कम गर्ने
- अस्पताल जानु परे पालो आएर नाम नबोलाइँदासम्म बाहिरको खुल्ला ठाउँमा पर्खेर बस्ने, सकभर मास्क र पञ्जा लगाएर बस्ने ।
- हरेक किसिमको लाममा पर्खन बस्दा ठेलमठेल नगर्ने, यताउति अनावश्यक रुपमा नछुने
- छालाको संपर्कबाट हुने संक्रमण रोक्ने
- घरमा रहँदा पटक पटक साबुन पानीले हात धुने
- यात्रामा साबुन वा एन्टिसेप्टिक ह्याण्डवाश बोकेर हिंड्ने र जतिपटक अवसर मिल्छ, त्यतिपटक हात धुने
- हात मिलाउने चलन बन्द गरेर त्यसको विकल्पमा नमस्ते, आदि अरु अभिवादनका तरिका अपनाउने
- अनावश्यक रुपमा कतै कुनै सतह नछुने, नचलाउने । असावधानीवश छोइएमा तुरुन्त साबुन पानीले हात धुने । नछोई नहुने अवस्था छ भने पञ्जा लगाएर छुने ।
- छालामा ससाना काटेका वा कोतरिएका दाग छन् भने विशेष ध्यान दिंदै तिनलाई खाली रहन नदिने
- यात्राको सावधानी
- यात्रा गर्दा सानो र ठेलमठेल मानिसहरु भएको साधनमा यात्रा नगर्ने । विकल्पको रुपमा निजी सवारी साधन प्रयोग गर्ने वा सानो दुरीका लागि पैदल यात्रा गर्ने ।
- बसजस्तो ठूलो साधनमा झ्यालहरु खोलेर बस्ने ।
- मास्क (सकभर डिसेजेबल अर्थात् लगाएर फल्न मिल्ने कागजको मास्क) र सम्भव भए कुनै खालको पञ्जा लगाएर बस्ने ।
- सकभर बसको सीट, डण्डी, आदि सतहमा नछुने । हरेकपल्ट साधनबाट उत्रेपछि साबुन पानी वा डिटोल पानीले हात धुने ।
- पैसाबाट हुने संक्रमणबाट सावधानी
- एकैदिन धेरै मानिसको हातबाट गुज्रिने हुनाले पैसा वा मुद्राका नोटहरुसित विशेष सावधान रहने
तह २)
- यात्रा गर्दा वा घरमा रहँदा, डिस्पोजेबल मास्क र रबरको नन्स्टेराइल पञ्जाको बट्टा आफूसित राखिराख्ने र अवस्था हेरीकन समयमै तिनीहरुको प्रयोग गरिहाल्ने
- यात्रा गर्नुपर्यो भने यात्राको जरुरीपन र रोगको जोखिम तौलेर मात्र निर्णय लिने
- छोटो दुरीमा निजी सवारी साधन वा रिक्सा र ट्याक्सीजस्ता एक्लै चढ्ने सवारी साधन प्रयोग गर्ने वा पैदल हिंड्ने
- लामो दुरी यात्रा गर्दा मास्क र पञ्जा लगाएर झ्यालढोका खुल्लै राख्न मिल्ने ठूला बसहरुमा यात्रा गर्ने र यात्राको अन्तमा साबुन पानीले हात धुने
- एटीएम मेशीनजस्ता सामुहिक प्रयोगमा आउने साधनहरु पञ्जा लगाएर मात्र प्रयोग गर्ने र काम सकिएपछि पञ्जा बदल्ने
- पैसाको लेनदेन केही समयका लागि न्यूनतम वा बन्द गर्ने
- नजिकका पसलहरुमा या त सिंगो नोट तिर्न पुग्ने गरी सामान लिएर पैसा फिर्ता नआउने गरी तिर्ने वा खुल्ला पैसा फिर्ता नलिई पछिलाई राख्ने वा त्यस्तै तरिका अपनाउने
- टाढाको नगरे पनि काम चल्ने किनमेल बन्द गर्ने, नगरी नहुने किनमेलका लागि खुल्ला पैसा फिर्ता नआउने गरी किन्ने
- खुल्ला पैसाको कारोबार नगरी नहुने गाडी भाडा तिर्नेजस्ता कामका लागि अलग्गै मुख बन्द गरिएको पोलिथिनमा खुल्ला पैसा राख्ने र पञ्जा लगाएको हातले दिने
- बच्चाहरुको यात्रा न्यूनतम गर्ने, उनीहरुलाई यी सबै उपाय अपनाउन सिकाउने, खास गरी अरु मानिसले छोएको हुन सक्ने भित्तो वा अन्य सतह छुन निषेध गर्ने तथा पटक पटक हात धुन सम्झाउने
- अनिवार्य नभएको अवस्थामा अस्पताल नजाने, अन्य रोग लागेर आफ्नो मानिस अस्पतालमा छ भने पर्यटकका रुपमा आउने आफन्तहरुलाई निषेध गर्ने, आइहालेको खण्डमा अस्पताल बाहिर टाढैबाट भेटेर फर्काइदिने
- अस्पतालमा रहँदा अरु बेलाभन्दा तीन गुना सावधानीसहित माथि भनिएका सबै उपायहरु अपनाउने
तह ३)
- छिमेकमा इबोला बिरामी भएको खण्डमा पूर्ण सावधानीका साथ रोकथामका उपायहरु अपनाएर मात्र भेट्न जाने
- इबोलाका कारण कसैको मृत्यु भएमा दोहोरो पञ्चा, मास्क, चौडा सीसा भएको चस्मा, उपलब्ध भएमा विशेष गाउन लगाएर मात्र लासलाई छुने, चलाउने र बोक्ने काम गर्ने
- घरमा इबोलाको बिरामी भएमा तुरुन्त अस्पताल लगेर पूरा सावधानी र चिकित्सकको निर्देशन बमोजिम सेवा गर्ने
- बिरामीलाई घरमा राख्नुपरेको खण्डमा राम्रो भेन्टिलेशन भएको कोठामा राखेर माथि भनिएका सबै उपाय अपनाउँदै सावधानीसाथ सेवा गर्ने
- घरका सदस्य, नातेदार तथा छिमेकीहरु बिरामीलाई आवश्यक परे जति मिल्दो समुहको रगत दिन तयार भएर बस्ने
No comments:
Post a Comment