तह १)
क) ओपीडी, वार्ड र क्लिनिकको भीड कम गर्ने
- पालो पर्खिने बिरामीहरुलाई सम्झाएर बन्द कोठा वा गल्लीको सट्टा बाहिरपट्टि खुला ठाउँमा पर्खन लगाउने
- वार्डमा एक वा दुईभन्दा बढी बिरामी कुरुवाहरुलाई निषेध गर्ने,
ख) पञ्जा र मास्कको प्रयोग
- एक एक बट्टा डिस्पोजेबल फेस मास्क र नन्स्टेराइल एक्जामिनेसन ग्लोभ्स् झोलामा बोकेर हिंड्ने ।
- आवश्यकता अनुसार बिरामी नाजाँच्दा पनि मास्क र एकोहोरो पञ्जा लगाउने ।
- बिरामी जाँच्दा दोहोरो पञ्जा (एकभित्र अर्को जोडी) लगाएर जाँच्ने ।
- हरेक बिरामीपछि बाहिरी पञ्जा फेर्न सम्भव भएन भने पञ्जामाथिबाटै साबुन वा डिटोल पानीले हात धुने वा एन्टिसेप्टिक सोलुसन लगाउने ।
ग) युनिभर्सल प्रिकसनलाई कड़ाई पूर्वक व्यवहारमा उतार्ने
युनिभर्सल प्रिकसनका व्यवहारमा नउतार्ने गरिएका पाटाहरु फेस मास्क, गोगल्स, गाउन, स्कल क्याप आदि अनिवार्यतापूर्वक प्रयोग गर्ने
तह २)
क) बिरामीको आइसोलेसन र बिरामीका आफन्त तथा अन्य शंकास्पद बिरामीहरुको क्वारेन्टाइन प्रभावकारी बनाउने
ख) इबोला पुष्टि भएको बिरामीको प्रत्यक्ष उपचार र सेवामा खटिएका सबै स्वास्थ्यकर्मीहरुले परिवार र समुदायका सदस्यहरुसित न्यूनतम सम्भव भौतिक सम्पर्क राख्ने
ग) आफूहरुमध्ये नै इबोलासित मिल्दोजुल्दो लक्षण हुने रुघाखोकी, आदि रोगहरु लागेमा वा इबोलासित मिल्दाजुल्दा लक्षणहरु देखिएमा तुरुन्त इबोला छ वा छैन भन्ने जाँच गरेर त्यसै अनुसार उपचार गर्ने
घ) स्वास्थ्यकर्मीमा इबोला भएको पुष्टि भएमा तुरुन्त राम्रो भेन्टिलेशन भएको कोठामा एक्लै राखेर स्तरीय उपचार गर्ने व्यवस्था गर्ने ।
तह ३)
क) अस्पतालमा इबोलाका कारण कसैको मृत्यू भएको खण्डमा भागदौडको स्थिति आउन नदिई पूर्ण सावधानीका साथ लाशलाई बाहिर निकाल्ने र आफन्तहरुलाई संक्रमण रोक्ने उपायबारे पूरा जानकारी दिएर पठाउने व्यवस्था गर्ने ।
ख) इबोलाको बिरामीले प्रयोग गरेको अस्पतालको बेड र कोठा पूर्णतः निर्मलीकरण गरेर मात्र पुनः प्रयोगमा ल्याउने व्यवस्था गर्ने ।
No comments:
Post a Comment