तह १)
- गाइडलाइन ३ मा आम मानिसका लागि सुझाइएका सबै उपायहरुर खास गरी नोट र मुद्राको प्रयोगसम्बन्धी उपायहरु कडाइका साथ अपनाउने
- पसल वा बिक्रीस्थलमा बस्ने पसल साहुदेखि कामदार र भरियासम्म सबैले विभिन्न तहका उपायहरु अपनाउने
- इबोला रोकथामसम्बन्धी पर्चा पम्फ्लेटहरु सबैले देख्ने गरी टाँस्ने र पढ्न नसक्नेहरुलाई बोलेर बुझाउने
तह २)
- पुष्टि भएको इबोला बिरामी देखिएको ठाउँबाट पसल वा व्यवसाय स्थलको भौगोलिक निकटता तथा बिक्री वितरण हुने सामानहरुको दैनिक जीवनमा अनिवार्यता हेरेर सीमित अवधिका लागि व्यवसाय बन्द गर्नेसम्मका निर्णयहरु गरेर कार्यान्वयनमा ल्याउने
- आम मानिसको सम्पर्कमा आउने गरी व्यवसायमा बस्ने व्यक्तिहरु सीमित बनाउने, बच्चाहरुलाई पसलमा बस्नबाट रोक्ने, जो पसलमा बस्छ उसले मास्क र पञ्जालगायतका रोकथामका विधिहरु अनिवार्यतापूर्वक प्रयोग गर्ने
- महामारीको बेला चाहिने मास्क, पञ्जा, साबुन, एन्टिसेप्टिक सलुसन, चस्मा, आदि सामाग्रीहरु यथेष्ट मात्रामा राखेर बिक्री वितरण गर्ने
No comments:
Post a Comment